मेस्सीका लागि १० नम्बर जर्सी छाड्न तयार नेइमार
फरकधार / २३ साउन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारले आफ्ना पूर्वसहकर्मी लियोनल मेस्सी क्लबमा आएको खन्डमा उनलाई जर्सी नम्बर १० दिन तयार रहेको बताएका छन् ।



स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि अर्जेन्टिनी फरवार्ड मेस्सी पिएसजी जाने चर्चा चलिरहेको समयमा नेइमारले उनका लागि आफ्नो जर्सी छाड्न तयार रहेको बताएका हुन् । 



गेट फ्रेन्च फुटबल न्युजका अनुसार नेइमारले क्लबसँग १० नम्बरको जर्सी मेस्सीलाई दिन प्रस्ताव गरेका छन् ।



नेइमार र मेस्सीबीच व्यक्तिगत रूपमा राम्रो सम्बन्ध रहेको छ । दुवैले सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनाका लागि सँगै खेलेका थिए ।



सन् २०१७ मा पिएसजी आएयता नेइमारले १० नम्बरको जर्सी लगाएर खेलिरहेका छन् । 
 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १३:५०:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया