रोकियो कक्षा १२ को परीक्षा

कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा रोकिएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा रोकिएको हो । 

कोभिडका कारण कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज बसेको बोर्ड बैठकले परीक्षा रोक्ने निर्णय गरेको हो । 

पछिल्लो समय कोरोनाको संक्रमण फेरि बढ्न थालेकाले भौतिक रुपमा परीक्षा लिन सम्भव नदेखिएपछि परीक्षा रोकिएको बोर्डले जनाएको छ । अहिलेका लागि परीक्षा रोकिएको भन्दै बोर्डले अब परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गर्नेगरी निर्णय भएको बताएको छ । 

विभिन्न विद्यार्थी संगठन र अभिभावकहरूले परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोरोना खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए परीक्षा स्थगित गर्न माग गर्दै आएका थिए । सोही मागअनुसार सिसिएमसीले पनि परीक्षा रोक्न सिफारिस गरेको थियो । 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १५:१४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया