बाग्मती प्रदेशमा ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न

बाग्मती प्रदेशको आन्तरिक मामिला कानुन मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७  प्रहरी भवन निर्माण सुरुआत भएको थियो । 

उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बताइएको छ । बाँकी कार्यालयको भवन निर्माण जारी रहेको र यसको ९० प्रतिशत निर्माण पूरा भइसकेको बताइएको छ । 

प्रदेश प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । सो भवन ९३ करोड २२ लाख ७२ हजार रुपैयााको लगानीमा निर्माण गर्ने लक्ष्य छ ।  

अघिल्लो आर्थिक वर्षसम्ममा प्रहरीको भवन निर्माणमा ५६ करोड ९७ लाख १६ रुपैयाँ हजार खर्च भएको थियो भने गत आर्थिक वर्षमा ३० करोड २५ लाख ५१ हजार खर्च भएको छ । 

यसैबीच उक्त मन्त्रालयले १३ कानुनको संशोधन गर्ने भएको जनाएको छ । उक्त कानुनको कार्यान्वयन र व्यवहारमा समस्या परेपछि संशोधन गर्न लागिएको बताइएको छ । 

मन्त्रालयका अनुसार प्रदेशस्तरको केही सार्वजनिक लिखत प्रमाणीकरण २०७४, कर तथा गैरकर राजस्वसम्बन्धी ऐन २०७५, प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५, प्रदेश सहकारी ऐन २०७६, प्रदेश राष्ट्रिय वन ऐन २०७६, प्रादेशिक  व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६, प्रदेश औधोगिक व्यवसाय ऐन २०७६, प्रदेश वातावरण ऐन २०७७, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश संस्था दर्ता ऐन २०७५ संशोधनको तयारीका अवस्थामा छ ।



त्यस्तैगरी प्रदेशसभाको पदाधिकरी तथा सदस्यको पारश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५, प्रदेश स्वास्थ्य सेवा ऐन ०७५ प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ संशोधनको तयारीमा रहेको मन्त्रालयले जनाएको छ । 



  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार २०:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया