एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने छाँटकाँट नदेखिएको बताएका छन् । उनले ओली सुध्रिएलान् भन्ने विश्वास आफूहरुले पटक्कै नगरेको पनि बताएका छन् ।
साथसाथै उनले ओलीलाई आफूहरुले अन्तिम मौका दिएको र पार्टी एकताका लागि पहल गरेको पनि बताएका छन् । तर, ओलीले नमाने आफूहरुको डिभोर्स हुने पनि उनले बताए ।
दोलखाका कार्यकर्ताहरुलाई शनिबार सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । भर्चुअल माध्यमबाट भएको यो सम्बोधनमा नेपालले भनेका छन्, ‘मलाई केपी ओली सुध्रिएलान् भन्ने पटक्कै विश्वास छैन, डायरीमा यो टिपेर राख्नुहोस् ।’
ओली सुध्रिए आफूले आग्रह पालेको रहेछु भन्ने विश्वास गर्ने पनि उनले यो सम्बोधनमा बताएका छन् ।
‘हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौँ,’ नेपालले भनेका छन्, ‘हामीले अन्तिम मौका ओलीलाई दिएका छौँ । अब उहाँले आफूले गरेका निर्णयहरु र गर्न खोजेका वडा तहसम्मका अधिवेशन रोक्नु हुन्छ कि हुँदैन, हेर्न बाँकी छ ।’
उनले यो सम्बोधनमा आफूहरुले राखेको केन्द्रीय कमिटी बैठकमा भएका छलफल बारे पनि सुनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।