logo-img

काेराेना भाइरसबाट कुन देशमा कतिकाे मृत्यु ?

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४२ लाख ८५ हजार ४४० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड २१ लाख ८३ हजार १४० जनामा संक्रमण पुष्टि भइसकेको छ । 

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १६ हजार ७१३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६२ हजार ७५२ जनाले ज्यान गुमाइसकेका छन् । 

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २७ हजार ३७१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ४३ हजार ७३३, पेरुमा १ लाख ९६ हजार ८७३, रुसमा १ लाख ६१ हजार ३४३, बेलायतमा १ लाख ३० हजार ५८५, इटालीमा १ लाख २८ हजार २०९ र कोलम्बियामा १ लाख २२ हजार २७७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।



 

 



 

 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार ७:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया