केन्याली धावक एलिउड किपचोगेले टोकियो म्याराथनमा स्वर्ण जितेका छन् ।
३२ औँ संस्करणको गृष्मकालीन ओलम्पिक अन्तर्गत आइतबार बिहान भएको खेलमा उनले स्वर्ण हात पारेका हुन् ।
उनले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि स्वर्ण हात पारेका थिए । उनले २ घण्टा ८ मिनेट ३८ सेकेन्डको समय निकालेका हुन् ।
त्यस्तै, नेदरल्यान्डका खेलाडी आब्दी नागिएले रजत र बेल्जियमका बासिर आब्दीले कास्य पदक हात पारे ।
३६ वर्षीय किपचोगे ओलम्पिक म्याराथनमा १ भन्दा बढी स्वर्ण जित्ने तेस्रो खेलाडी बनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।