मणिराज बस्नेतको ‘गुलेली मट्याङ्ग्रा’ बजारमा

गीतकार मणिराज बस्नेतले नयाँ गीत बजारमा ल्याएका छन् । नेपाली गीत/संगीतमा विकृति बढेको गुनासो बढिरहेका बेला उनले मौलिक गीत सार्वजनिक गरेका हुन् । ‘गुलेली मट्याङ्ग्रा’ बोलको रोमान्टिक गीतमा रामकुमार नेपाली र अन्जु पन्तलाई सुन्न सकिन्छ ।

अमेरिकामा बसोबास गर्दै आएका मणिराज नेपाली गीत/संगीतमा निकै सक्रिय छन् । उनका यसअघि ‘हारेँ आज’, ‘माया पिरती’ लगायतका गीत लोकप्रिय भैसकेका छन् । सत्यराज आचार्य, स्वरूपराज आचार्य, शिव परियार, हेमन्त शर्मा लगायतका गायक गायिकासँग काम गरिसकेका बस्नेतले यसपटक भने अन्जु पन्त र रामकुमार नेपालीसँग काम गरेका छन् । 

रामकुमार नेपालीले संगीत गरेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । मेनुका बस्नेतले निर्माण गरेको म्यूजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रियासा दाहाल र पुष्प खड्काले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियोकाे सम्पादन विकास धमलाले गरेका हुन् ।

भिडियाे हेर्नुहाेस् :





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १३:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया