अत्यधिक माग आएपछि प्रदेश २ सरकारले रोक्यो छात्रालाई साइकल वितरण
फाइल तस्बिर

छोरीलाई शिक्षित र सबल बनाउन प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको साइकल वितरण कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । 

यस अभियानअन्तर्गत प्रदेशभित्रका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुको लागि अत्यधिक विद्यालयबाट साइकल माग निवेदन प्राप्त भएकोले प्राप्त कागजात रुजु गर्न समय लाग्ने भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत अमन कुमार कर्णले जानकारी दिए । 

उनले प्राप्त फाइलहरु रुजु भएपश्चात अर्को सूचना प्रकाशित गरी साइकल वितरण कार्यक्रम पुनः सुचारु गरिने समेत बताए ।

चालु आर्थिक वर्षमा दुई चरणमा साइकल वितरण गर्नुपर्ने भएको र त्यसमध्ये एक चरणमा वितरण समेत भइसकेको तथा विद्यालयहरूबाट करिब २ सयको संख्यामा फाइलहरु आएकोले यसमा समय लाग्ने भएको हुँदा तत्कालका लागि कार्यक्रम स्थगित गरिएको कर्णले जानकारी दिए । 

प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तीकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको उनले बताए । 

प्रदेश २ सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ८ मा अध्ययनरत ६१ वटा विद्यालयका १४ हजार तथा आर्थिक वर्ष २०७७/०७८ मा १७ हजार २३८ छात्रालाई साइकल वितरण गरेको थियो ।





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १८:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया