त्रिविले भन्यो, 'भदौ ५ सम्मका कुनैपनि परीक्षा रोकिँदैन'

त्रिभुवन विश्वविद्यालयले तोकिएका परीक्षाहरु नरोकिने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति तथा प्राविधिक परिषदको बैठकमार्फत परीक्षा नरोक्ने निर्णय भएको हो । 

बैठकको निर्णयअनुसार अब त्रिविका यसअघि निर्धारण भएका परीक्षाहरु तालिकाअनुसार नै हुनेछन् । यससँगै त्रिविबाट भदौ ५ गतेसम्मका लागि निर्धारण भइसकेको परीक्षाहरु सञ्चालन हुने भएका हुन् । 

भदौ ५ गतेसम्मका लागि तोकिएको परीक्षा सञ्चालन गर्ने तथा त्यसपछिको परिस्थिति हेरेर बाँकी परीक्षाहरु तोकिने बैठकबाट निर्णय भएको छ ।

भदौ ५ पछि संक्रमण थप बढेमा तथा सरकारले निषेधाज्ञा लगाएमा निर्णयमा विचार गर्ने अन्यथा स्वास्थ्य मापदण्ड पालना गराएर परीक्षा सञ्चालन गर्ने बैठकले निर्णय गरेको हो ।

त्रिवि अन्तर्गतका वार्षिक परीक्षाहरु साउन २९ सम्ममा सकिने बताइएको छ । सेमेस्टर प्रणालीका परीक्षाहरु भदौ ५ गतेसम्म हुने कार्यतालिका रहेको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १८:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया