नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममाथि टिप्पणी गरेका छन् ।
नेता पौडेलले कार्यक्रम सार्वजनिक गर्ने, तर कार्यान्वयन नगर्ने अभ्यास नदोहोरियोस् भन्दै सरकारलाई खबरदारी गरेका छन् ।
सत्तारुढ गठबन्धनले आइतबार सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । जसमा आगामी चैतभित्र उमेर पुगेका सबै नेपालीलाई खोप प्रदान गर्ने, स्वास्थ्यसामग्री खरिद प्रक्रियामा भएको अनिमियता छानबिन गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।
नेता पौडेलले सरकाले ल्याएका कार्यक्रम सान्दर्भिक भएको भन्दै विगत सरकारका विभिन्न काण्डमा भएको भ्रष्टाचारका दोषी सबैलाई कारबाही गर्ने आँट गर्न सरकारलाई सुझाब पनि दिएका छन् ।
सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रम सान्दर्भिक छ।तर,स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको अनिमियतता मात्र होइन विगत सरकारका विभिन्न काण्डमा भएको भ्रष्टाचारका दोषी सबैलाई कारवाही गर्ने आँट सरकारले गरोस्।कार्यक्रम सार्वजानिक गर्ने तर कार्यान्वयन नगर्ने अभ्यास नदोहोरियोस्।
— Pradip Paudel (@paudelpradipNC) August 8, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।