आजदेखि अस्ट्राजेनेका खाेप अभियान सुरु भएकाे छ ।
गत चैतमा काेभिसिल्डकाे पहिलाे डाेज खाेप लगाइ बसेका ज्येष्ठ नागरिक तथा अन्य गरी करिब १४ लाखलाई अस्ट्राजेनेका खाेप लगाउन थालिएकाे हाे ।
भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिसिल्डको दोस्रो मात्रा भारतबाट खरिद गरे पनि भारतले खाेप उपलब्ध गराउन नसक्दा जापान र भुटानले उपलब्ध गराएकाे अस्ट्राजेनेका खाेप दिन थालिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
खाेप अभियानका लागि काठमाडाैं जिल्लामा मात्र १४४ वटा खाेप केन्द्र ताेकिएकाे छ ।
काठमाडौं महानगरपालिकामा १७, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा र कागेश्वरी मनोहरा नगरपालिकामा ९-९ वटा खोप केन्द्रमा खाेप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय, काठमाडाैंले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।