भारतमा पछिल्लो २४ घन्टामा थप ३५ हजार ४९९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १९ लाख ६९ हजार ९५४ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ४४७ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ३०९ पुगेको छ।
यही अवधिमा ३९ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि ४ लाख २ हजार १८८ सक्रिय संक्रमित रहेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ५२ कराेड ४० लाख ६० हजार ८९० डाेज खाेप लगाइसकिएकाे छ ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।