माधव नेपालबिनै अघि बढ्यो एमाले !
फाइल तस्बिर

वरिष्ठ नेता माधव नेपाल समूहलाई पर्खेर स्थगित भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो ।

स्थायी समिति बैठक लगत्तै एमालेको केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दैछ । स्थायी समितिले दिएको एजेन्डामा छलफल गर्नेगरी एमालेले दिउँसो ३ बजे केन्द्रीय समिति बैठक राखेको छ ।

तर, नेपाल समूहलाई कुरेर एक दिन बैठक सारेपनि आजको बैठकमा नेपाल पक्षका स्थायी समिति सदस्यहरु अनुपस्थित रहेका छन् । तर, बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् ।

यसअघि, आइतबारका लागि बोलाइएको बैठक वरिष्ठ नेता नेपाल समूहलाई कुरेर एक दिनका लागि सारिएको थियो । नेपाल पक्षबाट पार्टी एकता कार्यदलमा रहेका नेताहरुको आग्रहमा अध्यक्ष ओलीले एक दिन बैठक स्थगित गरेका थिए । 

शनिबार र आइतबार दिनभर एकता कार्यदलका नेताहरुले छलफल गरेपनि ठोस निष्कर्ष निस्कन नसकेपछि आज स्थायी समिति बसेको र केन्द्रीय समिति बैठक बस्न लागेको हो । कार्यदलका सदस्यहरुले एकताका लागि अझैपनि प्रयास जारी रहेको बताएका छन् । 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १३:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया