सांसदबाट राजीनामा गरेका सिंहको गुनासो : न माग सम्बोधन भयो, न राजीनामा स्वीकृत भयो

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट दिएको राजीनामा तीन साता पुग्न लाग्दा पनि अझै ‘पेन्डिङ’मै रहेको छ । 

सांसद सिंहले कांग्रेसभित्र बेथिति मौलाएको भन्दै पार्टी सभापति शेरबहादुर देउवासमक्ष ६ साउनमा राजीनामा बुझाएका थिए । उनले सांसद पदबाट राजीनामा बुझाएको आज २० दिन पुगेको छ । 

‘महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्ति मौलाउँदै छ,’ सांसद सिंहको राजीनामा पत्रमा लेखिएको छ,‘कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा छैन। त्यसैले यही बेथितिको विरुद्धमा सांसदबाट राजीनामा पेस गरेको हुँ ।’

सिंहले उपसभापति विमलेन्द्र निधिको आलोचना गर्दै राजीनामा गरेका थिए । उनले लेखेको राजीनामापत्रमा प्रदेश नं २ मा पार्टीका उपसभापति निधिले अवलम्बन गरेको नीति र व्यवहार चिन्ताजनक रहेको उल्लेख छ । 

नेता सिंहले आफ्नो राजीनामा अझै स्वीकृत नभएको जानकारी दिएका छन् । फरकधारसँग उनले भने, ‘मैले पार्टीभित्रको बेथितिविरुद्ध राजीनामा दिएको हुँ, त्यो पनि पार्टी सभापतिज्यूलाई । उहाँले मेरो माग सम्बोधन हुने प्रतिबद्धता जनाउनु भएको छ, तर अहिलेसम्म न माग सम्बोधन भएको छ न त राजीनामा नै स्वीकृत भएको छ ।’ 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १७:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया