३६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, थप २२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३६ सय ५१ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ४४५ नमुनाको पिसिआर र ६ हजार १४९ नमुनाको एन्टिजेन गरी १६ हजार ५९४ नमुना परीक्षण भएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ सय ९ जना पिसिआर र १ हजार ४२ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा १७ सय ८४ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७१ हजार ८३  पुगेको छ। 

सो अवधिमा कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ। 

७४१ जनाको आइसियू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ। 

पछिल्लो २४ घन्टामा १ लाख ४५ हजार ३० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १८:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया