सिद्धार्थ मलहोत्राको चलचित्र‘मिसन मजनू’ यो साल रिलिज नहुने

सिद्धार्थ मलहोत्रा आजभोलि चलचित्र ‘शेरशाह’ लाई लिएर चर्चामा छन् । ‘मिसन मजनू’ उनको आउँदै गरेको चलचित्र हो । चलचित्रमा उनी साउथकी रश्मिका मन्दानासँग देखिनेछन् । 

चलचित्र कहिले रिलिज हुन्छ भन्ने प्रश्नमा मलहोत्रा भन्छन्,‘हामी अझै पनि मिसन मजनूको छायांकन गरिरहेका छौँ । यो चलचित्र अझै पूरा भएको छैन । शेरशाह पुरा भएपछि यस चलचित्रको फेरि छायांकन सुुरु गर्नेछु । अहिलेको अवस्थामा काम निकै सुस्त गतिमा भइरहेको छ । चलचित्र यस साल रिलिज हुन मुश्किल छ ।’

चलचित्रमा सिद्धार्थले एक एजेन्टको रूपमा भूमिका निर्वाह गर्नेछन् । शान्तन बागचीले यस चलचित्रको निर्देशन गरिरहेका छन् । 

चलचित्रमा शारिब हाशमी र कुमुद मिश्रा शीर्ष भूमिकामा देखिने बताइएको छ । 

सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ नामक चलचित्रबाट मलहोत्राले बलिउडमा प्रवेश गरेका थिए । ३६ वर्षीय मलहोत्राले एक भिलेन, ब्रोदर्स, बार बार देखो लगायतका चलचित्रमा काम गरिसकेका छन् । 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार ९:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया