हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे गायक/गायिकाका रूपमा दर्शक/स्रोता माझ आएका छन् । उनीहरूले युगल गायन गरेको ‘तिमी मेरो शिव जी’बोलको गीत सार्वजनिक भएको छ ।
हास्य शैलीको उक्त गीत पशुपति शर्माले लेखेका हुन् । गीतमा संगीत पनि पशुपति शर्माले नै दिएका छन् ।
गीतको म्युजिक भिडियोमा पनि सिताराम र कुञ्जनानै देखिएका छन् । प्रकाश भट्टले निर्देशन गरेको गीतको म्युजिक भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् । भिडियो सम्पादन विष्णु शर्माले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।