इन्टरपोलका प्रमुख चीनमा बेपत्ता !

एजेन्सी– अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होइवेइ हराएको भन्दै फ्रान्सले अनुसन्धान सुरु गरेको छ । सन् २०१६ मा इन्टरपोलका प्रमुख भएका मेङ हराइरहेको उनकी श्रीमतीले जानकारी दिएकी थिइन् । उनका अनुसार गत साता मेङ चीनको यात्रामा निस्किएका थिए ।

फ्रान्सको दक्षिणपूर्वी सहर लियोनमा बस्दै आएका मेङ २९ जुलाईमा चीनको यात्रामा फ्रान्सबाट निस्किएका थिए ।

‘उनी फ्रान्समा हराएका होइनन्,’ अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले स्रोतहरुलाई उद्धृत गर्दै लेखेको छ । हङकङबाट निस्कने पत्रिका द साउथ चाइना मर्निङ पोस्टले पनि मेङलाई चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीले ‘प्रश्नहरु सोध्न लगेको’ जनाएको छ । तर, मेङ अहिले कहाँ छन् भन्ने थाहा हुन सकेको छैन ।

चिनियाँ अधिकारीहरुले यसबारे केही बताएका छैनन् । मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत हुन् ।

उता, इन्टरपोलले मेङ हराएको र यो फ्रान्स र चीन दुवै देशका अधिकारीहरुका लागि चासोको विषय हुनु पर्ने जनाएको छ ।
 





  • प्रकाशित मिति : असोज १९, २०७५ शुक्रबार २२:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया