कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४३ लाख १२ हजार ३५१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड ३८ लाख ८१ हजार ५१६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १८ हजार ८६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६४ हजार ७७३ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २८ हजार ६८२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ४४ हजार ६९०, पेरुमा १ लाख ९७ हजार २९, रुसमा १ लाख ६३ हजार ६२९, बेलायतमा १ लाख ३० हजार ८१३, इटालीमा १ लाख २८ हजार २७३ र कोलम्बियामा १ लाख २२ हजार ७६८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
विश्वभर हालसम्म काेराेनाविरुद्ध चार अर्ब ४७ करोड ४९ लाख ५२ हजार ८८४ डोज भ्याक्सिन लगाइसकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।