logo-img

भारतमा काेराना : ३८ हजार संक्रमित, ४९७ मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३८ हजार ३५३  जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २० लाख ३६ हजार ५११ पुगेको छ । 

यसै गरी पछिल्लो २४ घन्टामा थप ४९७ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ८०६ पुगेको छ।

यही अवधिमा ४० हजार १३  जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या ३ लाख ८६ हजार ३५१  रहेकाे छ । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ५३ कराेड २४  लाखभन्दा धेरै डाेज खाेप लगाइसकिएकाे छ ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ ।

 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया