नेपाली कथानक चलचित्र ‘लभ सर्कल’को गीत सार्वजनिक गरिएको छ । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन वसन्त निरौलाले गरेका हुन् ।लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राविधिकहरूलाई पनि केही राहत होस् भन्ने उद्देश्यका साथ डिजिटल प्लेटफर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण गरिएको चलचित्र मी टिभीको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य र रिस्ता बस्नेत फिचर्ड छन् । चलचित्रमा यी चार कलाकार बाहेक रबिन्द्र झा र सुमन कोइरालाले पनि शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
सार्वजनिक ‘ओ मैया’ बोलको गीतमा अंकित बाबुको स्वर संगीत तथा शब्द रचना रहेको छ । स्वरमा अंकित बाबुलाई विद्या तिवारीले साथ दिएकी छिन् भने शब्दमा अन्वेष थुलुङ्ग राईले साथ दिएका छन् ।
पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीत रोमान्टिक फ्लेवरकाे बनेको छ । चलचित्र ‘लभ सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी रहेको छ । राजेन्द्र मोक्तानले छायांकन गरेको चलचित्र शाहील खानले सम्पादन गरेका हुन । यो चलचित्र साउन २९ गते बाट चलचित्र डिस होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने छ ।
भिडियाे हेर्नुहाेस् :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।