नयाँ अध्याय सुरुवात गर्न उत्साहित मेस्सी

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्साहित रहेको बताएका छन् । 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएपछि आफू नयाँ अध्याय सुरु गर्न उत्साहित र तयार रहेको मेस्सीले बताएका हुन् ।

‘म पेरिसमा रहेर करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु’, मेस्सीले पिएसजीको वेबसाइटसँग भने, ‘क्लबको लक्ष्य र मेरो महत्वाकांक्षा मिलेको छ ।’

‘मलाई थाहा छ पेरिसका खेलाडी र स्टाफ कति प्रतिभावान छन् भनेर । म क्लब र  प्रशंसकका लागि केही विशेष बनाउन दृढ छु’, मेस्सीले थपे, ‘पार्क डेस प्रिन्सेसको पिचमा पाइला टेक्न म धेरै समय कुर्न सक्दिनँ ।’

स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि फ्री एजेन्ट बनेका मेस्सीलाई पिएसजीले दुई वर्षका लागि वार्षिक २५ मिलियन युरो दिने शर्तमा भित्र्याएको हो । 

पिएसजीले मेस्सीलाई सम्झौता १ वर्ष लम्ब्याउन सक्ने विकल्प पनि दिएको छ । उनले क्लबमा ३० नम्बरको जर्सी लगाउने छन् । 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १२:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया