सत्तारुढ नेपाली कांग्रेसमा नेता डा. शेखर कोइरालाले अहिलेकै अवस्थामा महाधिवेशनमा जान नसकिने बताएका छन् । डा. कोइरालाले सामाजिक सञ्जालमार्फत अहिलेकै अवस्थामा महाधिवेशनमा जान नसकिने बताए ।
डा. कोइरालाले महाधिवेशनको पूर्वसन्ध्यामा तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका तथा छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेकका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन् ।
कोइरालाले केन्द्रबाट विधानविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशन हुन नसक्ने बताए ।
उनले पार्टी समायोजनका नाममा प्रक्रिया नपुगेकै अवस्थामा वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने ठोकुवा गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।