सकारात्मक सन्देशका लागि हल निर्माण थालेको हुँ : दीपकराज गिरी

कोरोनाकालमा सञ्चालनमा रहेका दर्जन बढी सिनेमा हल बन्द भए । धेरै हल बन्दको तयारीमा छन् । 

केही हल गोदाममा परिणत हुँदै गएका छन् । यही बेला कलाकार दीपकराज गिरी तथा दीपाश्री निरौलाले भने सिनेमा हल निर्माण गर्ने भएका छन् ।

उनीहरुले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा दुई पर्दाको सिनेमा हल सञ्चालन गर्न लागेका हुन् । अहिले हल निर्माणको काम धमाधम भइरहेको गिरीले बताए ।

गिरीले आगामी वर्षको वैशाख १ गतेदेखि हल सञ्चालन गर्ने लक्ष्य सुनाए । झन्डै ९ करोड लगानीमा हल निर्माण हुन लागेको हो ।

सञ्चालनमा रहेका केही हल बन्दको खबर फैलिरहेका बेला सकारात्मक सन्देश दिन पनि आफूले हल निर्माण कार्य थालेको गिरीको भनाइ छ । आफूले चलचित्र उद्योगबाट कमाएको पैसा यही क्षेत्रमा लगानी गर्दा राम्रो ठानेर उनले हल निर्माण कार्य थालेको बताएका छन् ।

गिरी भन्छन्, ‘चलचित्रकर्मी भएको हिसाबले आफूले जानेको पेसा पनि यही भएकोले हलमा लगानी गरिएको हो ।’ 



घरमा र टिभीमा फिल्म हेरेको भन्दा हलमा हेरेको आनन्द बेग्लै हुने भएकोले हलमा चलचित्र हेर्ने संस्कृतिलाई जीवितै राख्न पनि हल निर्माण कार्य थालेको गिरी बताउँछन् । 



  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १३:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया