पिएसजीमा मेरो लक्ष्य च्याम्पियन्स लिग जित्ने हुनेछ : मेस्सी

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) आएको बताएका छन् । 

उनले स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी अनुबन्ध भएपछि बुधबार भएको पत्रकार सम्मेलनमा आफ्नो र क्लबको लक्ष्य च्याम्पियन्स लिग जित्ने रहेको बताएका हुन् । 

‘बार्सिलोनामा नबस्ने पक्का भएपछि मैले भविष्यको बारेका सोच्नु आवश्यक थियो’, मेस्सीले भने,‘पिएसजी र मेरो लक्ष्य च्याम्पियन्स लिग जित्नु हो । म उत्कृष्ट क्लबबाट ठूला प्रतियोगिता जित्न चाहन्छु । हाम्रो लक्ष्य मिल्ने भएकाले नै म यहाँ आएको हुँ ।’

‘पिएसजीले मलाई जुन हिसाबले स्वागत गर्यो, त्यो साँच्चै अविश्वसनीय थियो,’ मेस्सीले थपे,‘क्लबका लागि खेल्न म धेरै समय कुर्न सक्दिनँ ।’

मेस्सीले बार्सिलोना छाड्दाको क्षण निकै कठिन भएको पनि बताएका छन् ।

‘अघिल्लो साता मेरो जीवनमा जे भयो, त्यो निकै पीडादायी थियो । भावनात्मक रुपमा पनि मलाई निकै गाह्रो भयो, तर म र मेरो परिवार नयाँ सुरुवातका लागि निकै उत्साहित छौँ ।’ 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १६:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया