एमसिसी संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छैन : रामनारायण बिडारी

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले एमसिसी संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का सांसद बिडारीले एमसिसीलाई संसदबाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको दावी गर्नु भएको हो । 


मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै एमसिसी के गर्नुहुन्छ ? भनेर प्रधानमन्त्री शेर बहादुर देउवासँग प्रश्न गरेका थिए । 

त्यसको जवाफ दिने क्रममा उनले एमसिसी संसदमा ल्याउनैपर्ने कारण बारे पूर्व प्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौती दिए । एमसिसीबारे सभामुखलाई अनावश्यक लाञ्छना लगाइएको पनि बिडारीले बताए । 

उनले भने, ‘एमसिसी संसदमा किन ? यो कुनै संवैधानिक व्यवस्था छैन । यहाँ नेपालमा चाहिँ ल्याउनैपर्ने कारण के ? ओलीजीले पुष्टि गर्नुप¥यो नि । सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसिसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यसकारणले मेरो प्रश्न छ, एमसिसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानले होइन ।’

सांसद बिडारीले पूर्वप्रधानमन्त्री ओलीको कार्यकालमा भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै प्रधानमन्त्री ओलीसँग कुरा मिलाएर पो हो कि भन्ने प्रश्न तेस्र्याए । 

उनले भने, ‘भारतले नेपालको भूमि कहिले उसको नक्सामा हाल्यो । याद गरिराखौँ कहिले हाल्यो ? अहिलेसम्म हाल्न सकेको थिएन । जब ओली प्रधानमन्त्री हुनुभो ट्याक्क भारतले नेपालको जमिन उसको नक्सामा हाल्यो । त्यतिमात्र हो र ? नेपालको भुँइमा सडक बनाएर भारतको मन्त्रीले उद्घाटन गर्यो । कहिले ? ओलीजीको पालामा । किन गर्या रे ? खस्याकखुसुक गरेर पो हो कि । कुरा मिलाएर पो हो कि ?’



सांसद बिडारीले ओली सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीहरुको पक्षमा काम गर्न नसकेको भन्दै निजामती कर्मचारी र भूमि सम्बन्धी कार्यालयमार्फत सुकुम्बासीलाई जग्गा वितरण गर्ने कुरा टुंगो लगाउनुपर्ने बताए । 



  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १७:३३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया