राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार विभिन्न देशका अवैतनिक वाणिज्यदूत संघको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ ।

संघका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशबाट नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्यसामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए ।

हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गरेको संघले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार २१:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया