भारतको हिमाञ्चल प्रदेशमा पहिरो खस्दा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
भारत तिब्बत सीमा पुलिस(आइटिबिपी)ले १० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
राजमार्गमा पहिरो खस्दा बस, ट्रक र अन्य साना गाडी पुरिएका छन् ।
हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुर्घटनाको बारेमा जानकारी दिँदै पहिरोमा पुरिएका मानिसलाई जीवितै उद्धार गर्न हरसम्भव प्रयास गर्ने बताएका छन् ।
मुख्यमन्त्री ठाकुरले पहिरोमा ५०-६० मानिस पुरिएको हुनसक्ने जानकारी दिएका छन् ।
हिमाञ्चल प्रदेशमा पछिल्लो डेढ महिनामै ३५ जनाभन्दा धेरै मानिसको पहिरोमा परी मृत्यु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।