१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बुबा र काका पक्राउ
सांकेतिक तस्बिर

पर्वतमा एक किशोरीमाथि बलात्कार गरेको आरोपमा किशोरीका बुबा र काका नाता पर्ने व्यक्ति पक्राउ गरेका छन् । 

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा किशोरीका ४४ वर्षीय बाबु र ३६ वर्षीय काका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । 

प्रहरीका अनुसार किशोरीका बाबुले गत बैशाख २ गते र काकाले साउन २३ गरेको जाहेरीमा उल्लेख छ । 

किशोरीका दाइले उजुरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार अनुसन्धानका क्रममा पीडित किशोरीकी आमा मानसिक रोगी भएको र काका पर्नेकी श्रीमतीले छाडेर गएको पाइएको छ । 

 घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार ९:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया