जीवन शाहीको प्रश्न : हुम्ला समस्या साझा कार्यक्रममा खोइ ?, देउवाको जवाफ : प्रचण्डले राख्न मानेनन्

सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफूपक्षीय पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको पार्टीको १४ औँ महाधिवेशनको विषयमा केन्द्रित रहेर छलफल सुरु गरेका छन् । 

देउवा पक्षीय नेताहरुको छलफलका क्रममा नेताहरुले सत्ता गठबन्धनको तर्फबाट सार्वजनिक भएको सरकारको साझा न्युनतम कार्यक्रममाथि प्रश्न उठाएका छन् । नेताहरुले पछिल्लो समयको चर्चित विषयहरु त्यसमा छुटेको भन्दै प्रश्न उठाएका हुन् । 

उपसभापति विमलेन्द्र निधिले एससिसी परियोजनाको विषयमा र जीवन बहादुर शाहीले हुम्लामा चीनसँगको सीमा समस्याका विषयमा देउवालाई प्रश्न गरेका थिए । सरकारको साझा कार्यक्रमा ती विषय नपरेकामा नेताहरुको असन्तुष्टि थियो । 

शाहीको प्रश्न थियो, ‘हुम्लामा चीनले नेपाली सीमा मिचेको छ, त्यस विषयमा सरकारको कार्यक्रममा किन लेखिएन ? तपाईको धारणा के हो ?’ शाहीकै नेतृत्वमा कांग्रेसले उक्त क्षेत्रमा सीमा अध्ययन पनि गरेको थियो । 

त्यसबेला कांग्रेसको छानबिन समितिले चीनतर्फबाट नेपाली सीमा मिचिएको प्रतिवेदन पार्टीलाई बुझाएको थियो । उक्त विषयमा आफ्नै पार्टीको प्रतिवेदनमा देखिएको कुरा सरकारको नेतृत्व गरेको समयमा बोल्नुपर्ने शाहीको माग थियो । 

शाहीलाई जवाफ दिने क्रममा देउवाले आफूले उक्त समस्याका विषयमा साझा कार्यक्रममा समेट्न भनेपनि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेको प्रष्टिकरण दिएका हुन् । 



यस्तै, उपसभापति निधिले गरेको एमसिसीको प्रश्नमा पनि देउवाले प्रचण्डलाई देखाएर आफू पन्छिएका छन् । उनले एमसिसी पास गर्ने विषय आफूले राख्न चाहेपनि प्रचण्डले दस्तावेजमा उल्लेख गर्न नमानेपछि रोकिएको बताए । 



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १३:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया