हिमाञ्चल प्रदेशमा पहिरोमा परी मर्नेहरूको संख्या १४ पुगेको छ ।
बिहीबार पुनः उद्धार कार्य सुरु भएपछि थप चार लाश पहिराेमुनि पुरिएकाे अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिरोमा अझै कति पुरिएका छन् भन्ने कुरामा भने अझै स्पष्ट हुन सकेको छैन ।
पहिराेमा एक बाेलेराे जिप पनि पुरिएकाे आशंका आपत प्रबन्धन विभागका निदेशक सुदेश कुमार मोखताले गरेका छन् ।
उद्धार कार्य जारी नै छ । घाइतेहरूलाई अस्पताल पुर्याइसकिएकाे छ ।
हिजाे(बुधबार) राजमार्गमा पहिरो खस्दा बस, ट्रक र अन्य साना गाडी पुरिएका थिए ।
हिमाञ्चल प्रदेशमा पछिल्लो डेढ महिनामै ३५ जनाभन्दा धेरै मानिसको पहिरोमा परी मृत्यु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।