तीन जना स्थानीयमाथि आक्रमण गर्ने भालुको प्रहरीको गोलीबाट मृत्यु

जुम्लामा स्थानीयलाई आक्रमण गर्ने एक भालुलाई गोली हानेर मारिएको छ । चन्दननाथ नगरपालिका–४ सिंंगाचौरका स्थानीयको गोठभित्र पसेको भालुलाई सोही ठाउँमा गोली हानेर मारिएको हो । 

उद्धार टोलीले नियन्त्रणमा लिन नसकेपछि गोली हानेर मारिएको प्रहरीले जानकारी दिएको छ । भालुलाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीहरु खटिएका थिए । 

‘सुरक्षित रुपमा नियन्त्रणमा लिन खोजेका थियौँ । तर, हर प्रयास गर्दा पनि सकिएन । उद्धार टोलीलाई नै आक्रमण गर्न थालेपछि गोली हान्नुपर्ने बाध्यता भयो’, जुम्लाका डिएसपी दानबहादुर थापाले भने, ‘वन कार्यालय र प्रशासन कार्यालयको अनुमतिमा गोली हानेर मारिएको हो ।’ 

मारिएको भालुले जुम्लामा तीन जनालाई आक्रमण गरेको थियो । भालुले बिहीबार बिहान दैलेख घर भई चन्दननाथ नगरपालिका-५ कार्कीबाडामा मोबाइल पसल गर्दै आएका २९ वर्षीय हिम बहादुर रोकाया, उनकी श्रीमती २६ वर्षीया निर्मला थापा रोकाया र चन्दननाथ ४ सिंगाचौरका आशिष सार्कीलाई आक्रमण गरेर घाइते बनाएको थियो । 

भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो । करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकेपछि मारेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १७:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया