कमल थापाले ल्याए आफ्ना पिताको जीवनीमा आधारित पुस्तक
फरकधार / २८ साउन, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्ना पिताको जीवनीमा आधारित भएर लेखेको पुस्तक पुस्तक सार्वजनिक भएको छ ।



अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् थापाका पिता अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा लेखिएको ‘एकपटकको सैनिक जीवनभरको सैनिक’ नामक पुस्तक बजारमा आएको हो । 

बिहीबार एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले सो पुस्तकको विमोचन गरेका हुन् । स्व.छत्रबहादुर थापा स्मृति ट्रस्टको वार्षिकोत्सवको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो । 

पुस्तकमा लेखक थापाले तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेका छन् । अध्यक्ष थापाले पुस्तकमा स्व. छत्रबहादुर थापाको  विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनशमशेर र राजा महेन्द्रसँगको सामीप्य तथा पञ्चायत कालका अनुभवलगायतलाई समेटेका छन् । 



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १९:१४:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया