लुम्बिनी प्रदेशमा सात सदस्यीय मन्त्रिमण्डल गठन, पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न

लुम्बिनी प्रदेशमा सात सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । आजै नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा सहरी विकासमन्त्रीमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीमा सहसराम यादव नियुक्त भएका छन् । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विनाविभागीय मन्त्री बनाइएको छ । 

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन् । गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले भने सरकारबाहिरै बसेर समर्थन गर्ने भएको छ ।  

चौधरी काङ्ग्रेस, खड्का माओवादी र यादव जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री बनेका हुन् । विनाविभागीय मन्त्री ढेंगा र रायमाझी पनि जनता समाजवादीका तर्फबाट मन्त्री भएक हुन् । मन्त्री शाही स्वतन्त्र सांसद हुन् । 

संविधानको धारा १६८(२) अनुसार चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार २२:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया