इटालीमा भीषण गर्मी, आजसम्मकै उच्च तापक्रम बन्न सक्ने

इटालीको सिसली द्वीपमा बुधबार तापक्रम ४८.८ डिग्री सेल्सियस पुग्यो । जुन युरोपको आजसम्मकै अत्यधिक गर्मी भएको दिनको रूपमा गनिन सक्छ । यसको पुष्टि विश्व मौसम संस्थानले गर्नेछ ।

संस्थानका अनुसार अहिलेसम्म युरोपमा अत्यधिक तापक्रमको रेकर्ड ४८ डिग्री सेल्सियस रहेको छ । सन् १९७७ मा ग्रिसको राजधानी एथेन्समा तापक्रम ४८ डिग्री सेल्सियस पुगेको थियो । 

लुसिफर नामको एक प्रतिचक्रवात(एन्टीसाइक्लोन) को कारणले इटालीमा भीषण गर्मी भइरहेको छ ।

लुसिफर अझै माथि जाँदै  गरेको र इटालीका विभिन्न सहरमा यसै कारणले गर्दा गर्मी बढेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । 

इटालीको स्वास्थ्य मन्त्रालयले विभिन्न क्षेत्रमा रेड जोन क्षेत्र घोषणा गरेको छ ।

भीषण गर्मीका कारणले इटालीको विभिन्न क्षेत्रमा रहेका जंगलमा आगलागी पनि भएको छ।



सरकारले जनतालाई गर्मीबाट बच्नका लागि फ्यान, एसी, कुलरको प्रयोग गर्न अनुरोध गरेको छ। 



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार ६:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया