एक जनामा संक्रमण देखिएपछि अस्ट्रेलियाको राजधानी क्यानबेरामा लकडाउन
फरकधार / २९ साउन, २०७८

अस्ट्रेलियाको राजधानी क्यानबेरा एक साताका लागि लकडाउन गरिएको छ । एक जनामा कोरोना संक्रमणको पुष्टि भएपछि लकडाउन गरिएको हो ।



हिजो(बिहीबार) स्थानीय समयअनुसार बेलुका पाँच बजेदेखि लकडाउन जारी भएको छ।

संक्रमित व्यक्ति कसरी भाइरसको चपेटामा आयो भनी अधिकारीहरूले बुझ्न सकेका छैनन् । क्यानबेरामा करिब चार लाख जनसंख्या रहेको छ । 

अत्यावश्यक कामबाहेक नागरिक घरबाट बाहिर निस्कन पाउने छैनन् । 



अस्ट्रेलिया अत्यधिक संक्रामक डेल्ट्रा स्ट्रेनसँग जुध्न संघर्ष गरिरहेको छ । संक्रमण रोक्नका लागि अस्ट्रेलियाले दुई ठूला सहर सिड्नी र मेलबर्नमा पहिलै नै लकडाउन गरिसकेको छ । 

जोन्स  होप्किन्स युनिभर्सिटीका अनुसार अस्ट्रेलियामा हालसम्म ३७ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ भने ९४७ जना संक्रमितले ज्यान गुमाएका छन् । 

  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार ७:२५:५६,   अन्तिम अपडेट : साउन २९, २०७८ शुक्रबार ७:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया