कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४३ लाख ३३ हजार ३७० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड ५३ लाख ३४ हजार ४५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १९ हजार ९८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६६ हजार ८९६ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २९ हजार ६६९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ४६ हजार २०३, पेरुमा १ लाख ९७ हजार १४६, रुसमा १ लाख ६५ हजार २०१, बेलायतमा १ लाख ३० हजार ९२१, इटालीमा १ लाख २८ हजार ३३४ र कोलम्बियामा १ लाख २३ हजार ९७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
विश्वभर हालसम्म काेराेनाविरुद्ध चार अर्ब ५७ करोड ४५ लाख ९ हजार ३१६ डोज भ्याक्सिन लगाइसकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।