गृहजिल्लाबाट त्रिपाठीले भने, ‘देउवा पनि संसद विघटनको बाटोमै छन्’
फाइल तस्बिर

पूर्वमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेर बहादुर देउवा पनि संसद विघटनकै बाटोमा भएको बताएका छन् । गृहजिल्ला पश्चिम नवलपरासी पुगेका त्रिपाठीले देउवा पनि संसद विघटनका लागि तयारी अवस्थामा रहेको बताएका हुन् । 

पूर्वस्वास्थ्यमन्त्री त्रिपाठीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढालेर सत्तामा पुगेका देउवा पनि ओलीकै लयमा संसद विघटनको बाटोमा रहेको बताएका हुन् । उनले देउवा नेतृत्वको सरकार लामो समय नटिक्ने ठोकुवा गरे । 

त्रिपाठीले अहिले बनेको देउवा नेतृत्वको सरकार बढीमा आगामी वैशाखसम्म मात्रै टिक्ने बताए । देउवाले पार्टीको महाधिवेशन सकिएलगत्तै संसद विघटन गर्ने उनको दाबी छ । 

पत्रकारहरुसँग कुरा गर्दै त्रिपाठीले आफूले पाएको सूचनाअनुसार आगामी कार्तिकसम्ममा पार्टीको महाधिवेशन सक्ने र त्यसलगत्तै संसद विघटन गरेर नयाँ चुनावमा जाने रणनीतिमा देउवा रहेका बताए । अहिलेसम्म सरकारले पूर्णता नपाउनुले पनि देउवा संकटमा जाने संकेत गरेको उनले बताए । 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १४:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया