ओलीनिकट सांसदको माग : एमसीसी सम्झौता राष्ट्रघाती छ, तत्काल खारेज होस्

एमाले ओलीनिकट सांसद निरुदेवी पालले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेशन(एमसीसी) सम्झौता तत्काल खारेज गर्न माग गरेकी छिन् । 

पालले शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमसीसी राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । 
 
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला एमसीसी संसदबाट पास गर्न निकै जोडबल गरेका थिए । पार्टीकै अर्काे पक्षको विरोधले उक्त परियोजना संसदमा पेश भएर पनि अघि बढ्न सकेको थिएन।

ओली सरकारबाट बाहिरिएको एक महिना नपुग्दै ओलीको अतिनिकट मानिएकी पाल नै एमसीसीको विरोधमा उत्रिएकी हुन् 

‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका  लागि राष्ट्रिय सहमति किन आवश्यक पर्यो ? ’ पालले संसदमा प्रश्न गरिन् । एमसीसी सम्झौतामा भएका प्रावधानहरु नेपालको हितविपरीत रहेको दावी उनले गरिन् ।  

एमसीसीको अवधारणमा नेपाल सरकारले छलफल गर्न नपाउने, छानबिन गर्न स्पष्टीकरण सोध्न नपाउने, एमसीसी परियोजनाले प्रयोग गरेको जमिन अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाउने, नेपालको कानुन र एमसीसीको कानुन बाझिएमा एमसीसीकै कानुन मान्य हुने जस्ता प्रावधान राष्ट्रघाती सांसद पालले बताइन् ।

यी आधारले नै एमसीसी राष्ट्रघाती भएको प्रमाणित हुने भएकाले सम्झौता खारेजयोग्य रहेको उनको भनाइ छ ।  विकासका नाममा बाह्य हस्तक्षेप कुनै हालतमा सह्य नहुने भन्दै एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग पालले राखिन् । 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १४:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया