व्यवहार सुधार्ने मेयर द्वारिकलालको लिखत प्रतिवद्धता, कांग्रेसले खोल्यो तालाबन्दी

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीका यमप्रसाद ढकाललाई कार्यालयमै थुनेको विषयमा दुःख व्यक्त गर्दे अबदेखि यस्तो काम नगर्ने लिखित प्रतिवद्धता गरेका छन् ।

खोलामाथि घर बनाएको विषयमा उपमहानगरपालिका​मा बोलाएर ढकाललाई मेयर चौधरीले थुनेपछि नेपाली कांग्रेसले उपमहानगरको कार्यालयमा तालाबन्दी गरेकाे थियाे । तालाबन्दीसँगै आन्दोलनमा उत्रिएकाे कांग्रेसका नेतासँग भएको छलफलपछि मेयर चौधरीले लिखित प्रतिवद्धता गरेका हुन् ।

चौधरीको प्रतिवद्धतासँगै कांग्रेस इटहरीले मेयरको कार्यकक्षमा लगाएको ताला पनि खोलेको छ ।

दुई दिनअघि ढकाललाई मेयर चौधरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बोलाएर थुनेपछि कांग्रेसले आन्दोलन सुरु गरेको थियो । आन्दोलित इटहरी कांग्रेससँग मेयर चौधरीले ४ बुँदे सहमति समेत गरेका छन् ।

सहमतिमा खोला पैनी मिचेका घर भत्काउन कानुनी प्रक्रिया अपनाए नेपाली कांग्रेसले सहयोग गर्ने उल्लेख छ ।



कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेल र मेयर चौधरीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘राजनीतिक आग्रह र पूर्वाग्रहबिना खोला पैनी मिचेका घर र संरचना भत्काउन कानुनी प्रक्रिया अपनाए कांग्रेसले सहयोग गर्दछ ।’

छलफलपछि मेयर चौधरीले आगामी दिनमा कर्मचारी र सेवाग्राहीलाई सामाजिक सञ्जालमा गर्ने कमेन्ट र गाली गलौज बन्द गर्नेसमेत सहमति भएको छ । यसअघि, चौधरीले कर्मचारी र सेवाग्राहीलाई समेत गाली गलौज गर्दै आएका थिए ।



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १७:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया