प्रदेश १ लोकसेवाको पहिलो परीक्षा : ४३३ पदमा ५० हजारको दरखास्त

प्रदेश लोकसेवा आयोग गठन भएको करिब साढे २ वर्षपछि लोकसेवाले स्थानीय तहमा आवश्यक कर्मचारीको पदपूर्तिका लागि शुक्रबारबाट परीक्षा लिन सुरु गरेको छ।  शुक्रबारबाट इन्जिनियरिङतर्फ चौथो र पाँचौ तहको पदपूर्ति गर्न परीक्षा लिइएको हो। 

स्थानीय तह र प्रदेशमा कर्मचारीको चरम अभाव हुँदा पनि लोकसेवाले भर्ना प्रक्रिया अगाडि बढाउन नसकेको भनी आलोचना हुँदै आएको थियो। 

यसैबीच प्रदेश १ लोकसेवाले पहिलो पटक परीक्षा सञ्चालन गरेको हो। १३२ जनाको पदपूर्तिका शुक्रबारबाट परीक्षा सुरु भएको छ। 

आयोगले २०७७ साल चैत्र ३० गते दरखास्तका लागि  विज्ञापन आह्वान गरेको थियो। १३२ मध्ये आन्तरिकबाट १६ जनाको यसअघि नै पदपूर्ति भइसकेको छ। बाँकी ११६ जनाको पदपूर्तिका लागि परीक्षा लिन थालिएको  प्रदेश १ लोकसेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले जनाकारी दिए। 

११६ जनाको पदका लागि प्रदेश लोकसेवामा १० हजार १४७ जनाले दरखास्त दिएका छन्। 

इन्जिनियरिङ तर्फ चौथो र पाँचौ तहका लागि आह्वान गरिएको विज्ञापनबाट लोकसेवा आयोगले ४९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। 



प्रदेश १ लोकसेवाको २०७६ साल माघमा गठन भएको थियो। प्रदेशमा आवश्यक पर्ने कर्मचारी भर्ना लागि ७७ साल मंसिरमा माग आपूर्ति फारम भर्न स्थानीय तहलाई लोकसेवाले पत्राचार गरेको थियो। 

पत्राचार भएपनि समयमा माग पदपूर्ति फारम भरेर नआएकाले परीक्षा सञ्चालन गरी पदपूर्ति गर्न समय लागेको आयोगका अध्यक्ष भट्टराईले जानकारी दिए। 



४३३ पदका लागि ५० हजारको दरखास्त  

प्रदेश लोकसेवाले स्थानीय तहका लागि कृषि प्राविधिक, इन्जिनियरिङ सर्भे र शिक्षा प्राविधिक सहायक तर्फका लागि खुलाएको विज्ञापनमा ५० हजार ९११ जनाको दरखास्त परेको छ । 

कर्मचारी समायोजनमा स्थानीय तहमा कर्मचारी जान नमानी रहेको बेला प्रदेश लोकसेवाले आह्वान गरेको दरखास्तमा भने आर्कषण देखिएको छ।

अनलाइन र भौतिक उपस्थिति दुवै माध्यमबाट लिइएको आवेदनमा परीक्षार्थीको आर्कषण बढी नै देखिएको अध्यक्ष भट्टराईले बताए। 

अहिले पनि डबल दस्तुर तिरेर फारम भर्ने क्रम जारी छ। दरखास्त दिनेको संख्या अझै बढ्ने भट्टराईको भनाइ छ। 

आयोगले कृषि प्रसार, हल्ट्रीकल्चर प्रसार, बाली संरक्षण,  भेटनरी लगायतका पदमा कर्मचारी भर्ना गर्न लागेको हो।

यसैगरी इन्जिनियरिङतर्फ सर्भे चौथो र पाँचौ तह र शिक्षा प्राविधिक सहायक पाँचौ तहमा पनि दरखास्त आह्वान गरिएको छ।

इन्जिनियरिङतर्फ २३० र शिक्षा प्राविधिक सहायकतर्फ २३ पदका लागि आयोगले परीक्षा लिने तयारी गरिरहेको छ।  जसबाट हालसम्म एक करोड ८२ लाख ९११ रुपैयाँ राजश्व संकलन गरेको आयोगले जनाएको छ। 

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार ९:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया