मेस्सीको आगमनले खुसी छैनन् एमबाप्पे

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको आगमनसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ( पिएसजी) युरोपियन फुटबलको सबैभन्दा बलियो क्लब बनेको छ । 

क्लबका अध्यक्ष नासिर अल खालिफाले लियोनल मेस्सी, नेइमार र केलियन एमबाप्पेलाई अग्रपंक्तिमा खेलाउने ठूलो सपना देखेका छन् । तर, उनको यो सपना पूरा नहुने सम्भावना देखिएको छ । 

मेस्सीको आगमनसँगै युवा स्टार केलियन एमबाप्पे भने खुसी देखिएका छैनन् । क्लब र उनी बीचको सम्झौता अझै १ वर्ष बाँकी रहे पनि त्यो यही समर मै सकिने सम्भावना बढेको छ । 

एल इक्विपेका अनुसार एमबाप्पेले यही समरमा क्लब छाड्ने इच्छा देखाएका छन् । उनले क्लबसँग आफूले पाउनु पर्ने बोनसको माग गर्दै सम्झौता नवीकरण नगर्ने बताएका छन् ।  

यदि, पिएसजीले एमबाप्पेलाई यही समरमा बेच्न चाहेको खण्डमा स्पेनिस क्लब रियल मड्रिडले उनीमाथि चासो देखाएको छ । 

अन्यथा उनी अर्को सिजन फ्री ट्रान्सफरमार्फत रियलको हिस्सा बन्नेछन्  । एम्बाप्पेले क्लबसँग केही हप्ता अगाडी नै मेस्सीसँग खेल्ने आफ्नो इच्छा नरहेको बताएका थिए । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १५:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया