प्रचण्डको १० बुँदे प्रस्ताव : आगामी चुनावसम्म सत्ता गठबन्धनको निरन्तरता

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठकमा १० बुँदे प्रस्ताव पेस गरेका छन् । पार्टीको अबको राजनीतिक दृष्टिकोण समेटिएको उक्त ८ पृष्ठ लामाे प्रस्तावमा अबको रणनीति पनि रहेको छ । 

प्रचण्डले पेस गरेको प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्धको गठबन्धनलाई कम्तीमा पनि आगामी चुनावसम्म लैजाने उल्लेख छ । उनले अहिलेको सत्ता गठबन्धनलाई आगामी तीनै तहको निर्वाचनसम्म कायम राख्ने प्रस्ताव गरेका हुन् । 

आफ्नो प्रस्तावमा ओलीको विरोधमा धेरै स्पेस खर्च गरेका प्रचण्डले ओलीकै कारण संघीयता, लोकतन्त्र र संविधान खतरामा रहेको पनि उल्लेख गरेका छन् । करिब दुईतिहाइको कम्युनिस्ट सरकार ओलीकै कारण ढलेको उनले लेखेका छन् । 

ओलीले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरेका प्रचण्डको प्रस्तावमा उल्लेख छ । उनले नेकपा बनाउने निर्णय सही भएपनि ओली गलत व्यक्ति रहेको बताएका छन् । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १६:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया