नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका खड्काले देउवालाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटेका हुन् ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार भेटमा प्रधानमन्त्री देउवाले पारसलाई जिन्दगीको दोस्रो इनिङको सफलतासमेत दिएका थिए ।
देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलतामा पारसको योगदान महत्वपूर्ण रहेको बताएक थिए ।
भेटमा देउवाले पारसका कारण नेपालीले क्रिकेटमा ठूलो सपना देख्न थालेको बताएका थिए ।
प्रधानमन्त्री देउवाले पारसलाई सरकारको साथ र सहयोग हुने प्रतिबद्धता पनि जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।