काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं’

सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस सिरहा​का सभापति सुरेन्द्रराज आचार्य​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा हामी छौं । पार्टीका कतिपय आन्तरिक व्यवस्थापनका कुरा नमिलेर महाधिवेशन हुने–नहुने भन्ने नै अन्योल छ । यसको वैधानिकता कसरी जोगाउने ? त्यसबारे सोच्ने समय आइसकेको छ । संस्थापन पक्षले समयमै अधिवेशन नगराइदिँदा पार्टी यो संकटको घडीमा आइपुगेको हो । आउँदो १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसलाई गतिशील र ऊर्जाशील बनाएर लैजान सक्ने नेतृत्व आउनुपर्छ भन्ने आमनेता–कार्यकर्ताको भावना छ । 

युवा नेतृत्वको बहस

हाम्रो पार्टीमा युवा नेतृत्वको बहस बेलाबेलामा हुने गरेको छ । युवाहरुलाई पनि पार्टीमा महत्वपूर्ण स्थान दिनुपर्छ भन्ने व्यापक माग उठेको छ । स्थानीय तहका वडादेखि माथिसम्म हेर्ने हो भने हामीले जति उम्मेदवार उठायौं, युवाहरु नै बढी मात्रामा जितेको अवस्था छ । सेन्टिमेन्ट त्यतातिरै रहेको देखिन्छ । किनभने, युवाले काम गर्न सक्छन्, जनताका लागि न्याय दिन सक्छन्, दौडधुप गर्न सक्छन, दृष्टिकोण दिन सक्छन भन्ने पनि आमबुझाइ छ । यसो गर्ने भन्दैमा पुरानालाई पूरा बाइपास नै गर्ने भन्ने मनसाय राख्नु हुँदैन । नयाँ र पुरानालाई मिसाएर जानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ । 



परिवारवादको समस्या 

पार्टीमा परिवारवादको खासै समस्या देखिँदैन । बिपी कोइरालाको जुन लिगेसी जोडिएको छ, त्यो उहाँको योगदानकै आधारमा कायम छ । त्यसको छाप पर्नु स्वाभाविक नै हो । अर्कोतर्फ गणेशमानजीको कुरा गर्दा, प्रकाशमानसिंह हुनुहुन्छ । उहाँको परिवार नै सिंगो राजनीतिका लागि समर्पित भएको हुनाले उहाँहरुलाई परिवारवादमा राख्नुपर्ने कुरा छैन । यदाकदा परिवारवादको समस्या देखिए पनि त्यसले खासै नकारात्मक प्रभाव पारेको म देख्दिनँ । 



क्रियाशीलता विवाद 

नेतृत्वलाई हामी सभापतिले थुप्रै कुरा भनिरहेका छौं, सुझाव दिइरहेका छौं । हामी सभापतिहरुको प्रमुख मुद्धा नै के हो भने, क्रियाशील सदस्यतामा देखिएको विवाद टुंगो लाग्नुपर्छ र नामावली प्रकाशन हुनुपर्छ । जिल्ला-जिल्लामा देखिएका समस्या सच्चाएर अघि बढ्नुपर्छ । अहिले जिल्लाले क्रियाशील नभरी समायोजनको नाममा केन्द्रमै भर्ने जुन कुरा अघि बढेको छ, त्यसले सिंगो पार्टीलाई नै असर पार्छ । पुराना कार्यकर्ताहरु विस्थापित हुने र नयाँ कार्यकर्ताले पार्टीमा हालीमुहाली गर्ने हो भने निश्चित रुपमा त्यहाँ द्वन्द्व सुरु हुन्छ । आगामी निर्वाचनमा पनि त्यसले राम्रो परिणाम दिन सक्दैन । गलत बाटोबाट आएका क्रियाशील सदस्यहरु, पार्टीका तहगत निर्णय नभई आएका सदस्यहरु हामी मान्दैनौं भनेर नेतृत्वलाई भनेका छौं । त्यो समाधान भएपछि मात्र हामी अधिवेशनमा भाग लिन्छौं । अन्यथा, महाधिवेशनमा पनि हामी भाग नलिने अवस्थामा हुने छौं । 
 
कसरी गर्ने महाधिवेशन ?

निश्चय नै अहिले नेपाली कांग्रेस पार्टी थप जिम्मेवार बन्नुपर्ने बेला छ । नेतत्वलाई हामीले सुझाव दिइरहेका छौं । हामीले अधिवेशन समयमै गर्नुपर्छ भनेर एक–डेढ वर्ष अघिदेखि नै भन्दै आएको हौं । अहिले अन्तिम घडीमा हामी सबै पुगेका छौं । पार्टीको वैधानिकता जोगाउने काम संस्थापन पक्षको हो । क्रियाशील सदस्य १३ औं महाधिवेशनबाट आएकालाई मानिदिँदा पनि कुनै आपत्ति हुने छैन । अब त्यो जिम्मेवारी उहाँहरु(केन्द्रीय नेता)कै हो उहाँहरुले नै मिलाउनुपर्छ । 

यो बेलामा कांग्रेस नेतृत्व जिम्मेवार र गम्भीर हुनुपर्छ । हामी चाहन्छौं, कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक समयमै सम्पन्न होस् । यसको वैधानिकता गुम्ने अवस्थामा नपुगोस् । साथै, सरकार सञ्चालनमा पनि ध्यान दिनुपर्ने बेला छ ।  स्थानीय चुनाव नजिकै आइसकेको छ, नेतृत्वमा कांग्रेस पुगेको छ । आमकार्यकर्ताको भावना पनि के छ भने, अब कांग्रेसले हिजोको जस्तो पक्कै गर्दैन । भ्रष्टाचार, बलात्कार, शान्तिसुरक्षाका कुराहरुलाई पनि कांग्रेसले नजर लगाउँछ भन्ने जनताको आशा छ । यी सबै काममा सरकारले क्रियाशीलता बढाएर जानुपर्छ र जनताको मन जित्ने काम गर्नुपर्छ भन्ने सल्लाह–सुझाव हामीले दिँदै आएका छौं । 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १७:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया