एमालेमा समानान्तर अभ्यास गर्दै आएको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विराटनगरमा पनि अखिल फोर्स गठन गरेको छ । नेपाल समूहले शनिबार विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरेको हो ।
रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय महानगरस्तरीय अखिल फोर्स गठन गरिएको हो । अखिल फोर्स विराटनगर महानगरको सहसंयोजकमा विक्रम सिंह चयन भएका छन् ।
नेपाल समूहका नेताहरूले समानान्तर कमिटी गठन गरेको नभई पार्टीका गतिविधि तथा संगठन बनाउन सुरु गरिएको दाबी गरेका छन् ।
नेपाल पक्षले मोरङका १७ वटै स्थानीय तहमा जनवर्गीय संगठन निर्माण गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।