मेकअप अनुहारको सौन्दर्यका लागि मात्र नभई सुरक्षाका लागि पनि गरिन्छ । यद्यपि, मेकअपमा प्रयोग हुने प्रडक्ट र आफ्नो छालाको नेचरबारे भने सचेत हुन आवश्यक हुन्छ । किनभने, खराब मेकअपले क्षणिक रूपमा सुन्दर देखिए पनि पछि कुरूपसमेत बनाउन सक्छ । त्यसैले सकेसम्म प्राकृतिक मेकअप गर्नुपर्दछ ।
- मेकअप गर्नुअघि छाला पूर्ण रूपमा सफा हुनुपर्छ । त्यसैले राम्रोसँग अनुहार सफा गरेर मात्र मेकअप गर्न जरुरी हुन्छ । अनुहार सफा गर्दा छालाको प्रकृतिअनुसारकै फेसवास प्रयोग गर्नुपर्छ । जस्तो पायो त्यस्तो फेसवासले छालामा संक्रमण गराउन सक्छ ।
- छालाको प्रकृतिअनुसार मोस्चराइजर प्रयोग गर्नुपर्छ । बेलुकी सुत्नुअघि राम्रोसँग अनुहार सफा गरी नाइट क्रिमको प्रयोग गर्दा स्किनमा चमक ल्याउन सहयोग मिल्छ ।
- कहिल्यै पनि हतारमा मेकअप गर्नुहुँदैन । जहिले पनि मेकअप गर्दा बेस राम्रोसँग बनाउन जरुरी हुन्छ । र, बिस्तारै प्रक्रिया पु¥याएर मेकअप गर्नुपर्छ ।
- आँखावरिपरि कालो दाग छ भने फाउन्डेसनले छोपिदिनुपर्छ । लामो समय मेकअप टिकोस् भन्ने चाहनुहुन्छ भने वाटरप्रुफ प्रयोग गर्नुपर्छ । र, ड्रेसअनुसार मेकअपको कम्बिनेसन मिलाउन पनि आवश्यक हुन्छ ।
-
प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।