लुम्बिनी प्रदेशमा गठन भएको नयाँ सरकारले भदौको पहिलो साता विश्वासको मत लिने भएको छ ।
नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबारसम्ममा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले सरकारको सिफारिसमा भदौ १ गते मंगलबार १ बजेका लागि नवौँ अधिवेशन आह्वान गरेका छन् ।
केसी यही साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।