logo-img

भारतमा काेराना : ३६ हजार संक्रमित, ४९३ मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३६ हजार ८३  जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २१ लाख ९२ हजार ५७६ पुगेकाे छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ४९३ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार २२५ पुगेको छ।

यही अवधिमा ३७ हजार ९२७  जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या ३ लाख ८५ हजार ३३६  रहेकाे छ । 

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ५४ कराेड ३८ लाख ४६ हजार २९० डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया