बाबुराम उवाच : अफगानमा संकटमा रहेका १४ हजार नेपालीको उद्धारमा किन्तु परन्तु नहोस् !

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा १४ हजार नेपाली सुरक्षा संकटमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत अफगानिस्तानमा अमेरिकी सेना फर्किएपछि उत्पन्न परिस्थितिमा १४ हजारभन्दा बढी नेपाली संकटमा परेको बताएका छन् । 

उनी लेख्छन्, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन सरकारले आलटाल/बहानाबाजी गर्नुभएन ।’ 

द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिक जानै नहुने बनाउनुपर्ने भट्टराईको भनाइ छ । उनले द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन नहुने भन्दै उनीहरुको उद्धारमा सरकारले तुरुन्त कदम चाल्नुपर्ने बताएका हुन् । 

डा. भट्टराई लेख्छन्, ‘पहिलो त त्यस्ता द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो । गइसकेपछि तिनको जीवन रक्षा गर्नु राज्यको दायित्व हो । किन्तु परन्तु नहोस् !’





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार ११:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया